रामेछापको इलाका प्रशासन कार्यालय लाप्चानेका प्रमुख हिडेपछि……



२६ भदौ, रामेछाप ।
नागरिकहरुलाई घरदैलौमा नै सेवा प्रदान गर्ने उदेश्यले सरकारले सञ्चालनमा ल्याएको रामेछापको उमाकुण्ड गाउँपालिकाको लाप्चानेका इकाला प्रशासन कार्यालयका प्रमुख हिडेपछि बबाल भएको छ । कार्यलय प्रमुख सुटुक्क विदा स्वीकृत गरेर बाटो लागेपछि गाउँपालिका जनप्रतिनिधिहरु रुष्ट भएका छन् । यसअघि सञ्चालनमा आएर बन्द भएको सेवा कार्यालय स्थानीयवासीले निकै ठूलो दबाब दिएपछि एक महिना अघि मात्र सञ्चालनमा आएको यियो । तर एक महिना पनि नवित्दै बन्द भएको छ ।
इलाका प्रशासन कार्यालयका प्रमुख सरोज तिमल्सिना स्थानीय जनप्रतिनिधिहरुलाई समेत जानकारी नै नदिई हिँडेपछि कार्यालयको सेवा बन्द भएको भन्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले असन्तुष्टि जनाएका छन् । इलाका प्रशासन कार्यालय बन्द भएपछि अहिले उमाकुण्ड गाउँपालिकाका स्थानीयहरु इलाका प्रशासनले दिने सेवा लिन २ दिन हिडेर सदरमुकाम मन्थली आउन बाध्य छन् ।

लाप्चानेका प्रमुख तिमल्सिनाले तत्कालिन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीबाट स्विकृत गराएर विदा बसेका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले इलाका प्रशासन कार्यालयका प्रमुख भदौ २६ गतेसम्म विदामा बसेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘जनताहरुलाई सेवा दिनपर्छ, अत्यावश्यक काम जिल्ला प्रशासन कार्यालयबाट नै दिन्छौ, छिट्टै कार्यालय प्रमुख जाने वातावरण मिलाउछु ।’ भौगोलिक कठिनाइको कारण कर्मचारी बस्न नमान्ने गरेको बताउदै जप्रतिनिधिहरुसँग समन्वय गरेर थप सेवा कार्यालयहरु पनि विस्तार गर्न गृहकार्य गरिरहेको प्रजिअ लामेछानेले बताए । समस्या समाधान गरेर जनतालाई सहजतापूर्वक सेवा प्रदान गर्ने विषयमा हामी गम्भीर छौ, उनले भने ।

eगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तत्काल इलाका प्रशासन कार्यालय लाप्चानेमा प्रमुखको व्यवस्था गरेर सेवा सहज बनाउन रामेछापका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘जनताले सहज रुपमा सेवा पाउनु पर्छ, जनतालाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन सरकारको काम हो ।’ गृह राज्यमन्त्री श्रेष्ठले केही दिनभित्र नै लाप्चानेबाट नागरिकहरुले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्