अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा रामेछापका चौलागाई विजयी



१७ भदौ, काठमाडौं ।
अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा रामेछापका भिष्मराज चौलागाई विजयी भएका छन् । चौलागाई ३ नम्बर प्रदेश जिल्लागत केन्द्रीय सदस्य रामेछापको तर्फबाट निर्वाचित भएका हुन् ।


केन्द्रीय सदस्यमा निर्वाचित चौलागाईले विद्यार्थी आन्दोलनलाई थप उपचाइमा पुर्याउन आफ्नो एक मात्र लक्ष्य रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘मलाई जिताए बापत तपाईहरुलाई निराश पार्ने छैन ।’ उनले अबको विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा केन्द्रीत हुने बताए । केन्द्रीय सदस्य चौलागाईले अखिल क्रान्तिकारी निर्माणमा आफूले समय,योग्यता र क्षमता खर्च गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्