रामेछापको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीलाई दस प्रतिशत शेयर !



१७ भदौ, रामेछाप ।
रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले दस प्रतिशत सेयर पाउनु पर्ने बताएका छन् । पिपुल्स् हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनामा रामेछापवासीले दस प्रतिशत सेयर पाउनु पर्ने बताएका हुन् ।

आयोजना निर्माण हुने खिम्ती दोलखाको पूर्वी जिरी नगरपालिका र रामेछापको साविक रस्नालु गाविस हुँदै बहने खोलामा जलविद्युत आयोजना निर्माण हुन लागेको हो । दोलखा र रामेछापका स्थानीय बासिन्दाको शेयर लगानीमा निर्माण हुने सो आयोजनाको लागत करिब रू. ८ अर्ब लाग्ने अनुमान गरिएको पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिका सञ्चालक टंकलाल घिसिङ ‘टलक’ले बताए ।

विसं २०७८ बाट विद्युत् उत्पादन लक्ष्य लिएको आयोजनाले २०७२ असोज १४ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न गरिसकेको छ । ३ सय ५० मिटर हेड रहेको जलविद्युत् आयोजनाले जिरी खोला र खिम्ती खोलाको दोभानमा बाँध निर्माण गरी ७ किलोमिटर सुरुङमार्पmत दोलखाको हावा गाविसमा सतही पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । उत्पादित बिजुली १२० केभी प्रसारण लाइनमार्फत दोलखाको किर्नेटार सबस्टेशनमा जडान गरिने पनि सञ्चालक घिसिङले बताए । प्रसारण लाइन करीब १५ किलोमिटर लामो छ ।उनले जिल्लाका प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिकता दिई संस्थाको नियमानुसार शेयर लगानीको अवसर दिइने बताए ।

जनताकै लगानीमा जलविद्युत आयोजना निर्माण

जनताहरुको सहभागीतमा, जनताको लागि जनताको लगानीमा खिम्ती–२ जनलविद्युत आयोजना अगाडि बढाइएको हो । जे जति सेयर होल्लडर छौ । नेपालीहरुको पहल र नेपालीहरुको सहभागीतमा निर्माण हुन्छ । अहिलेको बजार अनुसार ८ अर्बकको लगानी सोचिएको छ । अहिलेसम्म मुख्य उत्पादनस्थलमा पहुँचको काम भएको छ । सडक निर्माणको काम भइरहेको छ ।

 

टंकलाल घिसिङ (टलक) सञ्चालक, पिपुल्स हाइड्रोपावर कम्पनी प्रा.लि

आयोजना निर्माणस्थलमा थोरै सामुदायिक जङगको डेढ किलोमिटर सडक खन्नको लागि वन कार्यालयमा निवेदन दिएका छौं । यसको प्रक्रिया अगाडि बढेकोछ । अधिकांश स्थलमा सडक पुगेको छ । पुल निर्माणको लागि फाउण्डेस बनाउने काम भएको छ । क्यापको अपिसको लागि खडेरी खन्ने र क्याप निर्माणको लागि छिट्टै काम अगाडि बढाउछौ । पाटपाटमा काम गछौ । सिभिल वक्स, हाइड्रोमेकालिकलको काम भएको छ । सिभिलको कामको टेन्डर आह्वान भएको छ ।
आयोजना स्थलमा जग्गा अधिकरणको काम नब्बे प्रतिशत सकिएको छ । स्थानीयको कुनै पनि अवरोध छैन् । सबै जनताको सहभागीता र सहयोग छ । जनताको लागि जनताको सहभागीतमा जनविद्युत आयोजना निर्माण गर्न लागिएको हो । आफ्नै लगानीमाा निर्माण हुन लागेको आयोजनाप्रति जनता धेरै उत्साहित भएका छन् । पाँच बर्षभित्र सिध्याउने लक्ष्य लिएका छौं । पिपिए भएको २०७२ को असोजमा हो । जलविद्युत आयोजनामा रामेछापवासीलाई शेयर दिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्