रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)



१७ भदौ, रामेछाप ।

सरकारले आगामी मंसिर १० र २१ गतेको लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापमा पनि चुनावी महालो बढेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले रामेछाप जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको छ ।

रामेछापमा यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको थियो । आयोगको प्रतिवेदनसँग अब एउटा मात्र निर्वाचन क्षेत्र हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरुले मतको जोडघटाउ सुरु गरेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार
रामेछाप नगरपालिकामा १८ हजार ९ सय ४८, मन्थली नगरपालिकामा २७ हजार १ सय ७२, उमाकुण्ड गाउँपालिकामा १२ हजार १ सय ९९, खाँडादेवी गाउँपालिकामा १६ हजार ९ सय १२, दोरम्बा गाउँपालिकामा १५ हजार ९ सय ५५, गोकुलगंगा गाउँपालिकामा १३ हजार ५ सय ८४, लिखु गाउँपालिकामा १५ हजार १ सय ८३ र सुनापति गाउँपालिकामा १४ हजार ६ सय ६६ मतदाता रहेका छन् ।

रामेछाप जिल्लामा १ लाख ४३ हजार ६ सय २० जना मतदाता रहेको र पछिल्लो तथ्याङ चरणमा ९ हजार २ सय ५ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकार कपिलप्रसाद उपाध्यायले भदौ पाँच गतेसम्म १८ बर्ष उमेर पुगेकाहरुले मात्र मतदान प्रक्रियामा सहभागी हुन पाउने बताए । उनले भने,‘१६ बर्ष उमेर पुगेर नागरिकता लिएकाहरुले मतदाता नमावलीमा नाम लेखाउन पाउछन, तर मतदान गर्नको लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ ।’
निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुसार रामेछापको सुनापति, दोरम्बा, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिका तीन वटा वडा नम्बर बाहेकलाई २ नम्बर क्षेत्र र मन्थली नगरपालिकाको तीन वटा नम्बर, रामेछाप नगरपालिका, लिखु, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई १ नम्बर निर्वाचन क्षेत्र निर्धारण गरेका छ ।

नयाँ संरचना अनुसार हाल रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका गरी आठ वटा स्थानीय तह गरेका छन् । विगतमा ५५ वटा गाविस रहेको रामेछापमा नयाँ संरचना अनुसार हाल ६४ वटा वडा रहेको छ । विगतका गाविसहरुलाई नै अधिकाश स्थानमा वडाको रुपमा रुपान्तरण गरिएको छ भने केही ठूला क्षेत्रमा वडा विभाजिन गरिएको छ ।
हेर्नुहोस कहाँ कति मतदाता ? सूचीसहित

प्रतिक्रिया दिनुहोस्