गोरखापत्रका दीपक श्रेष्ठ विहीनलाई ललितकला पत्रकारिता पुरस्कार



१७ भदौ, काठमाडौं ।

नेपाल ललितकला मञ्चद्वारा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा स्थापना गरेको ललितकला पत्रकारिता पुरस्कार गोरखापत्रका दीपक श्रेष्ठ (विहीन) लाई प्रदान गरिएको छ ।  शनिबार राजधानीमा मञ्चद्वारा आयोजित कार्यक्रममा बरिष्ठ कलाकार जीवनाथ पोखरेल ‘पन्छी’ लाई ललितकला साधना सम्मान र कलाकार सुमित्रा राना सुतपराईलाई ललितकला युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले) साँस्कृतिक विभाग प्रमुख खगेन्द्र राईले दोसल्ला ओढाएर सो पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

मञ्चका अध्यक्ष लालकाजीले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष शान्त कुमार राईको सहयोगार्थ चित्रकला प्रदर्शनी गर्ने जानकारी दिनुभयो । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कलाकार शान्त कुमार राईको उपचार भइरहेको छ । कार्यक्रममा सम्मानित सुमित्रा राना सुपतराईले आफुले प्राप्त पाँच हजार रुपियाँ पुरस्कार कलाकार राईको उपचार सहयोगार्थ मञ्चका अध्यक्ष लामालाई हस्तान्तरण गर्नुभयो ।

जनआन्दोलन २०६२/०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा नेपाल ललितकला मञ्चले स्थापना गरेको सो पुरस्कार तथा सम्मान ललितकला क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकार तथा कलाकारलाई पाँच वर्षदेखि प्रदान गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्