डिएसपी ढुङगेललाई रामेछापमा नागरिक अभिन्नदन



२० भदौ, रामेछाप ।
रामेछाप जिल्लामा राम्रो काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमोध ढुङगेलाई नागरिक अभिन्नदन गरिएको छ । रामेछाप जिल्लामा आएपछि अपराधिक क्रियाकलापलाई पक्राउ गरेको जिल्लामा शान्ति सुरक्षाको कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नागरिकहरुले सम्मान गरेका हुन् ।
मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा मंगलवार मावनअधिकार संरक्षण सञ्जाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछाका प्रमुख प्रेमबहादुर खड्काले डिएसपी ढुंगेललाई सम्मान गरेका हुन् ।


ढुंगेललाई रामेछाप जिल्लामा सुन्तली तामाङ हत्याकाण्डको फरार अभियुक्त, र निगलपानीमा गाडीभित्र नै आगो लगाएको घटनामा संलग्न अभियुक्त पक्राउ गर्न डिएसपी ढुङगेले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी अपराध नियन्त्रण तथा गम्भीर प्रकृतिका अपराधका घटना अनुसन्धान तथा लुकेर बसेका आरोपीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल मानिएका ढुङगेलको कार्यशैलीबाट रामेछापवासी खुसी रहेका छन् ।
रामेछाप जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशील १९ वटा संस्था र त्यसमा आवद्ध अधिकारकर्मीहरुको साझा सञ्जालको तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा जिल्लामा मानवअधिकारको संरक्षण, संवर्धन र प्रवर्धनको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले ढुंगेलको कार्यशैली प्रशंसायोग्य भएको बताउदै आगामी दिनमा पनि जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । सम्मानपछि डिएसपी ढुङगेलले आगामी दिनमा अपराधिक घटनामा संलग्नलाई कानुनी दायिरमा ल्याउने बताए । उनले रामेछाप न्युजसँग भने,‘समाजमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व र कर्तव्य हो, जनताको चाहना अनुसार काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्