आमा बुबाको स्मृतिमा छोराहरुद्धारा गुम्बा निर्माणमा एक लाख सहयोग



२० भदौ, काठमाडौं ।
रामेछाप दोरम्बा निवासी स्वर्गीय लो तामाङ र ज्ञानबहादुर तामाङको स्मृतिमा उहाँका परिवारका सदस्यहरुले एक लाख एक हजार एघार रुपैयाँ गुम्बा निर्माणमा सहयोग प्रदान गरेका छन् ।


मंगलवार ज्ञानबहादुर तामाङको बार्षिक स्मृतिको अवसर पारेर उहाँका परिवारहरुले रामेछाप र दोलखाको सीमानामा निर्माणाधिन रिकशुभ गुम्बा सेवा समितिद्धारा निर्माण भइरहेको छ्र्योर्देनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।


स्वर्गीय आमा लो तामाङ र बुबा ज्ञानबहादुर तामाङको स्मृतिमा छोराहरु मानसिंह लो तामाङ, धनसिंह लो तामाङ, पशुपति लो तामाङ र विजय लामा (लो)द्धारा बौद्ध स्थित तामाङ गुम्बामा संस्थाका कोषाध्यक्ष डम्बरबहादुर मोक्तान र सचिव कुमार थोकरलाई एक लाख १ हजार ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

छोरा विजय लामाले आमा बुबाको स्मृतिमा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सामाजिक सेवा भन्दा ठूलो धर्म अरु हुन सक्दैन, आगामी दिनमा पनि बुबा आमाको स्मृतिमा सामाजिक कार्यमा सक्दो सहयोग गर्ने सोचेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्