विद्यार्थीले राजनीति नगरेपनि बुझ्न जरुरी छः सचिव कार्की



२० भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका पार्टी सचिव लेखबहादुर कार्कीले विद्यार्थीहरुले राजनीतिक नगरे पनि बुझन जरुरी रहेको बताएका छन् । उनले सबै राजनीतिक गर्ने व्यक्तिहरु नेता नभए पनि समाज रुपान्तरणको लागि राजनीतिक बुझ्न जरुरी रहेको बताएका हुन् ।
नेपाल विद्यार्थी संघ मन्थली माविले मन्थलीमा मंगलवार आयोजना गरेको नव आगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले विद्यार्थीहरुको पहिलो प्राथमिकता अध्ययन र त्यसपछि मात्र राजनीतिक भएको बताए ।


विज्ञान र प्रविधिको युगसँगै अहिले फेसबुक, ट्वीटर, युटुव लगायतका सामाजिक सञ्जाल पाल्नको लागि विद्यार्थी सम्पन्न हुन आवश्यक रहेको बताउदै उनले विद्यार्थीहरुले अध्ययनसँगै आत्मनिर्भरतको बाटोमा अग्रसर हुनुपर्ने बताए ।

‘हामीले सडक निर्माण गर्न भूमिका खेल्यौ, हामीले बनाएको सडकमा विदेशमा बनेको गाडी मात्र दौडिन्छन’, सचिव कार्कीले भने,‘हामीले सडक निर्माण गर्यौ, अब विद्यार्थीहरुले अब स्वदेशमा नै गाडी बनाउन लाग्नु पर्छ ।’

अब विद्यार्थीहरुले कृषि पेशालाई सम्मानित पेशको रुपमा अगाडि बढाउन भूमिका खेल्नु पर्ने बताउदै उनले कृषि क्षेत्रमा लागेर आत्मनिर्भर हुने बाटोमा लाग्नु पर्नेमा जोड दिए ।

राजनीतिक रुपमा जुन पार्टी र विचारसँग आस्था राखेपनि असल र गरिखाने नागरिक बन्न विद्यार्थीहरुलाई आग्रह गर्दै कार्कीले भने,‘ समाज रुपान्तरणको लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण छ ।’


मन्थली माविका इकाइ सभापति समिर घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेविसंघका केन्द्रीय सदस्य उज्वलराम घिमिरे, नेविसंघ रामेछापका अध्यक्ष सुशील अधिकारी, उपाध्यक्ष सुशिलहरि बख्रेल, शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे, नेपाल ट्रेडयुनियनका पूर्व अध्यक्ष चन्द्रसिंह धामी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन इकाइ सचिव निर्मला नेपालीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्