रामेछापको लिखु हाइड्रोपावरमा रुसको ५ अर्ब १० करोड लगानी



२१ भदौ, काठमाडौं ।
रामेछाप दोलखा र ओखलढुंगाको सीमानामा निर्माण हुन लागेको ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ ।

उद्योग मन्त्रालय अन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृती दिएको हो ।

उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्