सुनापति गाउँपालिकाको डासेमा ट्रक दुर्घटना, चालकको ट्रमा सेन्टरमा उपचार हुँदै



२२ भदौ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–५ को डासेमा बा २ ख ३४९६ नम्बरको ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । सुनापति गाउँपालिका–४ बेथानका राजु खड्का गम्भीर घाइते भएका छन् । घाइते खड्काको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरका अनुसार घाइते खड्काको अवस्था खतरामुक्त भएपनि इमरजेन्सी राखेर उपचार भइरहेको छ । मंगलवार राती करिब ९ बने लुभुबाट बालुवा लिएर जाने क्रममा डासे र खनियापानी सडक जोडने उकालोमा ट्रक बे्रक फेल भएर करिब एक सय मिटिर तल खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परी सह चालक भने सामन्य घाइते भएका छन् ।

घाइतेलाई स्थानीय पल्टिएको ट्रकबाट उद्धार गरेका छन् । घाइते खड्काको ढाँडको हड्डीमा चोट लागेको ट्रमा सेन्टरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्