रामेछापको बिजुलीकोटमा बल्ल बल्यो बिजुली



२२, भदौ, रामेछाप ।
रामेछापको लिखु गाउँपालिका–३ बिजुलीकोटमा बिजुली बलेको छ । गाउँपालिकाभित्र नै पर्ने खिम्तीस्थित हिमाल हाइड्रपावर नजिकै भएर पनि वत्ति मुनिको अध्याँरो रहेको बिजुलीकोटमा पहिलो पटक बिजुली बलेपछि स्थानीय दंग भएका छन् ।


विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बिजुलीकोटमा विहिवारबाट ११ हजार भोल्टेलको लाइनको टान्सर्फममा चार्ज भएको बताए ।

लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्का, उपाध्यक्ष दिपशिखा दाहाल, विद्युत प्राधिकरण रामेछापका प्रमुख अधिकारी, लिखु गाउँपालिका वडा अध्यक्षहरु सहितको उपस्थितिमा टान्सर्फममा चार्ज गर्ने काम सम्पन्न भएको छ ।

शुक्रवारबाट बिजुलीकोटको २ सय ७५ घरधुरीमा बिजुली बन्ने अधिकारीले रामेछाप न्युजलाई जानकारी दिए । यसअघि विजुलीकोटको कुनै क्षेत्रमा पनि विद्युतीकरण भएको थिएन ।

बिजुली बलेपछि गाउँका बासिन्दा खुसी भएका छन् । बिजुली बलेसँगै अब टुकी बाल्ने बाल्नु पर्ने बाँध्यता हटेको छ । कम्प्युटर, र इन्टरनेटको लगायतको काम काज गर्न सहज भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्