मोटरसाइकलले ठक्कर दिदा लामा घाइते



२२ भदौ, काठमाडौं ।
नेकपा एमाले रामेछापका नेता रामकृष्ण लामालाई मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् । लामाको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको एमालेका नेता होम बुढाथोकीले जानकारी दिए ।

एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक तामाङ संघको केन्द्रीय सदस्य समेत रहेका लामालाई सडकमा हिड्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । लामाको नाक र घुँडामा चोट लागेको छ । बुढाथोकीका अनुसार लामाको अवस्था खतरामुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्