सुनापति गाउँपालिकामा एनएमबि बैंकको शाखा



२३ भदौ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा एनएमबि बैक स्थापना हुने भएको छ । प्रहरी चौकी स्थापना हुने भएसँगै गाउँपालिकामा एनएबि बैंकको शाखा स्थापना हुने भएको हो ।

सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिकामा चौकी स्थापना गर्ने कार्य अगाडि बढेसँगै एनएमबि बैंकको शाखा स्थापनाको लागि प्रक्रिया अगाडि बढने बताए । लामाले बैकका कर्मचारीहरुले गाउँपालिकाको स्थलगत अनुगमन गरेपछि बैक स्थापना हुने बताए ।

रामेछापको ६ गाउँपालिका मध्ये पाँच वटा गाउँपालिकामा बैंकको शाखा स्थापना भइसकेको छ । सुनापति गाउँपालिकामा भने प्रहरी चौकी नहुँदा बैंकको शाखा स्थापना हुन सकेको थिएन । गाउँपालिकाको पहलमा नै बैंकको शाखा स्थापना हुन लागेको हो ।

चौकी स्थापनाको लािग जिल्ला प्रहरी कार्यालय रामेछापले गाउँपालिकाको केन्द्रमा चौकी स्थापना गर्न सिफारिस गरेको थियो । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गाउँपालिकामा प्रहरी चौकी स्थापनाको कार्य अगाडि बढेको बताउदै तत्कालको लागि प्रहरी विट स्थापना गरेर पनि काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्