रामेछापका सबै जलविद्युत आयोजनामा रामेछापासीलाई शेयरः मन्त्री श्रेष्ठ



२४ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लामा सञ्चालन हुने जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले शेयर पाउने बताएका छन् । जलस्रोतको धनी रहेको रामेछाप जिल्लालाई विद्युत उत्पादनको क्षेत्रमा अगाडि बढाउन आफूले भूमिका खेल्दै बताउदै जिल्लामा सञ्चालन हुने सबै जलविद्युत आयोजनामा रामेछापवासी शेयर लगानीकर्ता हुने बताएका हुन् ।

जागरुक युवा समाज मंन्थलीले शनिबार आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा गृह राज्यमन्त्री श्रेष्ठले जिल्लाको विकासको लागि आफू रातदिन नभनी लागेको बताए ।
विगत ४ वर्षदेखि जिल्लामा समस्याको रुपमा रहेको यातायात, खानेपानी, विद्युत लगायतका पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामाा राखेर काम गरिरहेको बताउदै उनले भने,‘जिल्लाको विकासमा अझ प्रभावकारी भूमिका खेल्छु ।’

प्रतिक्रिया दिनुहोस्