मंगलबारदेखि दशैको अग्रीम टिकट बुकिङ खुल्ने



२४ भदौ, काठमाडौं ।
भदौको २७ गते अर्थात आगामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा ययातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएको हो ।
अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने भएको छ ।

‘दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्‍याउन सरकार प्रतिवद्ध भएको यातायात मन्त्री वीरबहादुर बलायरले बताए ।काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्