देशको समृद्धिको लागि कार्यकारी राष्ट्रपति प्रणालीःमन्त्री श्रेष्ठ



२५ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले छोटो समयमा सरकार परिवर्तन हुँदा देशले समृद्धिको गति लिन नसकेकाले कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानु पर्ने बताएका छन् ।

देशमा राजनीतिक परिवर्तनले ठूलठूला उपलब्धि हासिल गरेपनि कुनै पनि सरकार पाँच बर्ष चल्न नसकेको बताउदै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुको विकल्प नभएको बताएका हुन् ।
उनले कार्यकारी राष्ट्रपतिय प्रणालीले मात्र देशको समृद्धि हुने बताउदै पाँच बर्षसम्म टिक्ने प्रणालीले मात्र राजनीतिक स्थायित्व हुने बताए ।

राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा गृह राज्यमन्त्री श्रेष्ठले नागरिकहरुले चुनेको व्यक्तिलाई नै कार्यकारी राष्ट्रपति बनाउनु पर्ने बताए । उनले भने,‘संविधानमा नै समाजवाद उन्मुख समाज भनिएको छ, समाजवादको लक्ष्य प्राप्त गर्नको लागि पनि कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानु पर्छ ।’
कार्यकारी राष्ट्रपतिय प्रणालीबाट चुनिदा पाँच बर्षसम्म काम गर्ने वातवारण बन्छ, अहिले नौ÷नौ महिनामा सरकार परिवर्तन गर्ने परम्पराको पनि अन्त्य हुन्छ, उनले भने ।
गृह राज्य मन्त्री श्रेष्ठले संवैधानिक व्यवस्था अनुसार सरकार तीन वटा तहको निर्वाचन सम्पन्न गरेरसरकार संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काममा लागेको बताए । उनले संविधान जारी भएपनि नयाँ ढंगले राज्यको पुनर्संरचना भएको बताउदै परिवर्तिन अवस्थामा प्रहरी प्रशासनलाई पनि संघीय ढाँचामा लैजाने गृहकार्य गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्