पत्रकार पौडेललाई ज्यान मार्ने धम्की



२६ भदौ, काठमाडौं ।
नयाँ पत्रिकामा कार्यरत पत्रकार उमेश पौडेललाई ध्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार पौडेलमाथि आएको ‘ठिक गर्ने’ धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताउदै धम्की दिनेलाई कारवाही गर्न माग गरेको हो ।

सोमबार प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचारको विषयलाई लिएर ज्ञानप्रसाद (जीपी) पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट पत्रकार पौडेलको मोबाइलमा सम्पर्क गरी धम्की दिएको पत्रकार
उमेश पौडेलले बताए । महासंघले समाचारको विषयमा चित्त नबुझे कानूनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिइनु खेदजनक रहेको बताएको छ । महासंघले धम्की दिनेविरुद्ध कानून बमोजिम कारवाही गर्न र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।


रामेछाप–काठमाडौं पत्रकार समाजका उपाध्यक्ष समेत रहेका उमेश पौडेललाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्कीलाई कारवाही गर्न रामेछाप–काठमाडौं पत्रकार समाजले माग गरेको छ । समाजका अध्यक्ष मधुसुदन रायमाझीद्धारा जारी विज्ञप्तीमा समाचार लेखेकै आधारमा ज्यान मार्ने धम्की दिनेलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।
नयाँ पत्रिका प्रतिष्ठान शाखाले पनि ज्यान मार्ने धम्की दिने घटनाको भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्