संसद सचिवालयमा पेश भयो विपद् व्यवस्थापन ऐन



२६ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले विपद् जोखिम तथा न्यूनिकरण ऐन व्यवस्थापिका संसद सचिवालयमा पेश भएको बताएका छन् । उनले भदौ २५ गते संसद सचिवालयमा दर्ता भएकोले छिट्टै पास हुने बताएका हुन् ।
सोमबार संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले बोलाएको बैठकमा बिपद् व्यवस्था ऐन प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने बताए । विधेयकमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेर काम गर्ने बताउदै उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा नगरपालिकाका मेयर वा अध्यक्षले समितिले नेतृत्व गर्ने गृह राज्यमन्त्री श्रेष्ठले बताए ।
गृह राज्यमन्त्री श्रेष्ठले विपद् अन्तर्गत पर्ने प्राकृतिक प्रकोप एवं कृत्रिम प्रकोप सबैलाई उचित सम्बोधन गर्ने गरी सबै डीडितलाई समयमा राहत दिई उचित ब्यवस्थापन गर्न विपद् व्यवस्थपन ऐन ल्याइएको बताए । उनले ऐनको जरुरी रहेकोले चाडो भन्दा चाडो छलफल गरेर ऐन पास गर्नुपर्नेमा जोड दिए ।
गृह मन्त्रालयको तथ्याक अनुसार हालै मात्र गएको बाढीले तराईका करीब ३३ जिल्ला प्रभावित हुँदा करिब १७ लाख मानिसहरु प्रभावित भएका छन् । ती मध्ये ८ लाख महिला, ७ लाख बालबालिकाहरु, १७ हजार अपाङ्ग नागरिकहरु र २९ हजार गर्भवती महिलाहरु रहेको छन् । गृह मन्त्रालयका तथ्याङक अनुसार करिब १ लाख २ हजार मानिसहरु बिस्थापित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्