डिजाइजी नवराज सिलवालले किन दिए राजिनामा ?



२७ भदौ, काठमाडौं ।
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सेवामा ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी रहदाँ उनले राजीनामा दिएका हुन् ।

वरियताक्रम अनुसार आफूलाई आइजिपी हुनबाट बन्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिएका हुन् । आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए।

सर्वोच्च अदालतले समेत उनको रिट खारेज गरेपछि प्रहरी सेवाबाट हट्ने निर्णय गरेका हुन् ।वरियताक्रम मिचेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि उनी अदालत गएका थिए। अदालतले चन्दलाई आइजिपी बनाउने सरकारी निर्णय खारेज गरेपछि प्रकाश अर्याल आइजिपीमा नियुक्त भएका थिए।

अर्याललाई आइजिपी बनाएको भन्दै सिलवाल फेरि अदालत गएका थिए। उनले २०७३ साल चैत ३० गते अदालतमा रिट समेत दायर गरेका थिए।

सो रिट प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायधीश सम्मिलित बृहद् पूर्ण इजलासले खारेज गरिदिएको छ। फैसला आए लगत्तै डिजाइजी सिलवाले राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्