रामेछाप कलाकार समाजद्धारा सांस्कृतिक कार्यक्रमको आयोजना



२८ भदौ, काठमाडौं ।
रामेछाप सांस्कृतिक कलाकार समाजले दशैको उपलक्ष्यमा वृहत्त सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कला र संस्कृतिको संरक्षण गर्दै सष्टाहरुलाई थप प्रोत्साहन गर्ने उदेश्यले सांस्कृति कार्यक्रमको आयोजना गरिएको रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले रामेछाप न्युजलाई बताए ।


भदौ ३१ गते स्काई पार्टी प्यालेस सामाशुसीमा बिहान ११ बजेको आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा रामेछाप क्षेत्र नम्बर २ का सांसद समेत रहेका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ रहेको छन् ।

सष्टा सम्मान तथा सांस्कृति कार्यक्रम मार्फत लोक संस्कृतिको संरक्षण गर्ने उदेश्यले सांस्कृति कार्यक्रम आयोजना गरिएको अध्यक्ष कटुवालले जानकारी दिए । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको उपस्थिति हुने सांस्कृति समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्