१० बर्षमा १२ हजार मेगावाट बिजुलीः कुलमान घिसिङ



२९ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली उत्पादन गरेर वितरण गर्न सकिने बताएका छन् । उनले देशको आवश्यकता अनुसार विद्युतको उत्पादन बढाउँदै खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताएका हुन् ।
आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न विहिवार नेपाल विद्युत प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्रै विजुली खपतको वातावरण बनाउन प्रमुख शहरी तथा औद्योगिक क्षत्रेमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउने बताए ।


अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना रहेको बताउदै घिसिङले भने,‘सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउछौ ।’ प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि काम अगाडि बढाएको बताउदै
प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताए ।
गत आर्थिक वर्षसम्म २५.७९ सम्म चुहावट थियो । तर कुलमानले जिम्मेवारी सम्हालेसँगै ३ प्रतिशत घटाएर अहिले २२.९ मा सीमित गरेका छन् ।

‘घिसिङले भने,‘गत आर्थिक वर्षमा २५.७९ बाट २२.९ प्रतिशतमा घटाएका छौँ । अब विद्युत चुहावट २० प्रतिशतमा झार्ने हाम्रो योजना छ, सोहि अनुरुप हामीले शाखा कार्यालयलाई समेत निर्देशन दिएका र्छौं ।’साथै देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइनहरु निर्माणलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।
विद्युत गाडीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने समेत प्राधिकरणले योजना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्