निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्राथमिकताःगृहराज्य मन्त्री श्रेष्ठ



३१ भदौ, काठमाडौं ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तीन तहकै निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले असोज २ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने कामलाई सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहराज्य मन्त्री श्रेष्ठले तीन तहकै निर्वाचन सम्पन्न भएपनि अब संवैधानिक रुपमा २५ सदस्यीय भन्दा बढीको मन्त्रीपषिद् गठन नहुने बताए । संविधान कार्यान्वयन गर्दै संक्रमणकाललाई अन्त्य गर्न कार्यमा सरकार जुटेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले अब संघर्ष भन्दा पनि सहकार्य र सहयात्राको राजनीति सुरु हुनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको दिशामा सरकार अगाडि बढने बताउनै मन्त्री श्रष्ठले राजनीतिक परिवर्तन परिवर्तनसँगै आर्थिक समृद्धिको युग सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्