रामेछापवासीलाई जलविद्युत आयोजनामा दस प्रतिशत शेयर दिने निर्णय



१ असोज, काठमाडौं ।
खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले दस प्रतिशत शेयर पाउने भएका छन् । जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले दस प्रतिशत शेयर पाउने निर्णय भएको हो ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ खिम्ती–२ मा रामेछापवासीको लागि दस प्रतिशत शेयरको ग्यारेन्टी गरिएको बताए । रामेछापमा सञ्चालन हुने लिखु, खिम्ती, सुनकोसी लगायतका खोला तथा नदीमा निर्माण हुने जलविद्युत आयोजनमा रामेछापावासीलाई अनिवार्य रुपमा दस प्रतिशत शेयरको पाउने व्यवस्था हुने उनले बताए । रामेछापमा उज्यालो नेपाल बनाउने अभियान सुरु भएको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले भने,‘एक बर्षभित्र रामेछापको सबै क्षेत्रमा विद्युतीकरण गर्न गरी टेन्टर सम्पन्न भएर अहिले सर्भेको चरणमा रहेको छ, अब रामेछापवासी अध्याँरोमा बस्नु पदैन ।’
खाँडादेवी काठमाडौं संघीज जनसम्पर्क मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृह राज्यमन्त्री श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी पहिलो शक्ति बन्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला इन्चार्ज समेत रहेका सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप जिल्लाको विकासको लागि एकताबद्ध भएर लाग्नु पर्ने बताए । उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो पार्टी बन्ने गरी लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठ, नेता पेमा लामा, टलकलाल घिसिङ ‘टिलक’, प्रेम कुमार कार्की लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्