फाइभ फिङगर प्रालिद्धारा विश्वकर्मा पुजा



१ असोज, रामेछाप ।
फाइभ फिङगर कन्ट्रसन प्रालिले विश्वकर्मा पुजाको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्वकर्मा पुजाको अवसरमा फाइभ फिङगर प्रालिले रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा परम्परागत रुपमा मेसिनहरुको इन्जिहरु पुजा गरेर मनाएको छ ।

प्रालिका कर्मचारी र निर्माण कार्यमा सञ्चालनमा रहेका मेसिनहरुलाई एकै ठाउँमा ल्याएर विश्वकर्माको पुजा सम्पन्न गरिएको फाइभ फिङगर प्रालिका सञ्चालक तेज थिङले बताए । उनले भने,‘पम्पराको जगर्ने गर्न विश्वकर्मा पुजाको आयोजना गरिएको हो ।’ कार्यक्रममा निर्माण कार्यमा आबद्ध कर्मचारीहरुलाई कम्पनीका सञ्चालन थिङले दौसल्ला ओढाएर सम्मान गरेका थिए ।


विकास निर्माणको क्षेत्रमा सक्रिय फाइभ फिङगर रामेछापका विभिन्न विकास निर्माणको कार्यमा सक्रिय रहदै आएको छ । प्रालिको मुख्य कार्यालय भक्तपुरको सूर्य विनायकमा रहेको छ भने शाखा कार्यालय रामेछापको सुनापति गाउँपालिकाको हिलदेवीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्