गर्जाङ हाइड्रोपावरमा रामेछापवासीलाई तीस प्रतिशत शेयर



१ असोज, रामेछाप ।
रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरमा रामेछापवासीलाई ३० प्रतिशत शेयर पाउने भएका छन् । चार बर्ष अघि निर्माण कार्य सुरु भएको गर्जाङ हाइड्रोपावर निर्माण कार्य सम्पन्न भएको हो । गर्जाड हाइड्रोपावर लिमिटेडका सञ्चालक लाक्पा शेर्पाले हाइड्रोपावर निर्माणको कार्य सम्पन्न भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्मार्ण कार्य सम्पन्न भएको छ, तीन दिनभित्र उत्पादन गरिएको बिद्युत केन्द्रीय प्रशारण लाइनमा जडान हुन्छ ।’


रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिको चुचुरेस्थित चाके खोलामा निर्माण भएको आयोजनामा रामेछापबासीले तीस प्रतिशत शेयर पाउने भएका छन् । सञ्चालन शेर्पाले स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणको लागि वीस प्रतिशत शेयर दिने बताए । पचास करोड लगानीमा निर्माण भएको आयोजनामा नेपाल बैक र प्रभु बैंकले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्