रामेछापका स्थानीय विकास अधिकारी पन्थमाथि मोबिल खन्याएपछि…..



२ असोज, रामेछाप ।
जिल्ला समन्वय समितिमाको कार्यालयमा सेवाग्राहीहरुको चहल पहल बढ्दै गएको थियो । कार्यकक्षमा रहेका रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्त सेवाग्राहीको काम गर्दैै थिए । सेवाग्राहीजस्तै बनेर एक जना व्यक्ति फाइल बोकर कार्यालय प्रवेश गरे । फाइलमा उल्लेख भएको विषय पाना पल्टाएर हेर्न नभ्याउदै अचालक पन्तमाथि बोबिल खन्यायो । मोबिल खन्याएर भाग्ने क्रममा जिल्ला समन्वय समितिमा निकै ठूलो हल्लीखल्ली भयो । तर मोबिल खन्याउने विप्लव नेतृत्वका कार्यकर्ता भने पक्राउ पर्न सकेनन ।
दिनडाहटै पन्तमाथि मोबिल खन्याएपछि रामेछापका सरकारी कर्मचारीहरु त्रसित बनेका छन् । स्थानीय विकास अधिकारी दिनेशराज पन्तले भने आफ्नो कुनै गल्ती नहुदा पनि अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोविल खन्याएको भन्दै सो व्यक्तिलाई तत्काल कार्वाहीको माग गरेका छन् । उनले रजिष्टर हेर्दै गर्दा सो व्यक्तिले आफुमाथि कालो मोविल खन्याएर भागेको बताए । घटनापछि पन्तले विज्ञप्ती जारी गर्दै दोषीलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
त्यसैगरी जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले कार्यालयमा काम गरिहेको अवस्थामा पन्तको शरिरमा कालो मोविल खन्याईनुलाई निन्दनिय , अपराधिक र कायरतापुर्ण घटना भएको बताएका छन् ।
उता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको भन्दै त्यसको कार्वही स्वरुप मोविल खन्याईएको दावी गरिएको छ । नेपाल कम्यनिष्ट पार्टी जिल्ला समिति रामेछापका नेता विवेक लामाले नयाँ संरचना बनिसकेपछि पनि मिलेमतोमा स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आर्थिक अनियमितता गरेको भन्दै कालो मोविल खन्याएर कारवाही गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तीमा गत आर्थिक बर्षमा विविध शिर्षको नाममा १९ करोड भन्दा बढि विभिन्न राजनैतिकदलको मिलेमतोमा स्थानीय विकास अधिकारी पन्तले अनियमितता गरेको , जिल्ला स्थित ३ वटा कार्यालयलाई ३९ करोड ८२ लाखको बिबरण स्पष्ट दिन नसकेको , जिल्लामा ढुंगा गिट्टी र बालुवाको न्युनतम अंक निर्धारण गर्दा प्रारम्भीक बाताबरण म्ल्याङन प्रतिवेदनले तोकेको परिणाम भन्दा बढि निकाल्न नपाईनेगरी नियन्त्रण व्यवस्था कर निर्धारण नगरेको भन्दै स्थानीय विकास अधिकारीलाई मोविल खन्याईएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले भने मोबिल खन्याएर भाग्ने व्यक्तिको खोजी कार्य जारी राखेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्