संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले आत्मसाथ गर्नुपर्छः मन्त्री श्रेष्ठ



३ असोज, रामेछाप ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रालाई हृदयदेखि नै आत्मसाथ गर्नुपर्ने बताएका छन् । लामो त्याग र वदलिदानबाट संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउदै उनले सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मबाटै स्वीकार गरेर कार्यान्वयन पक्षलाई सहज बनाउनु पर्ने बताएका हुन् ।


संविधान दिवसको अवसरमा मंगलवार रामेछापको मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृह राज्यमन्त्री श्रेष्ठले अहिलेको परिवर्तनको लागि रामेछाप ठूलो त्याग र वलिदान गरेको बताए ।

‘राणा शासन ढाल्नको लागि गंगालाल श्रेष्ठ, कृष्णलाल अधिकारी शहीद हुनुभयो, वामपन्थी राजनीतिको विचारधारा प्रवाह पुष्पलालले ठूलो योगदान दिनुभयो’,उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धकालमा बेथान, दोरम्बा, गर्जाङले ठूलो वलिदान गरेको छ ।’
सरकार संविधान कार्यान्वयन गर्न प्रतिबद्ध भएर लागेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर अब आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको बताए । संक्रमणकालको अन्त्य गर्दै अब देश समृद्धिको दिशामा अगाडि बढने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्