रामेछापमा बस दुर्घटना तीन जनाको मृत्यु १७ जना घाइते



६ असोज, रामेछाप ।
रामेछापको वावियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएकाछन् । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र अन्य २ जना महिला रहेका छन् । रामेछापको च्यास्कुबाट यात्रु लिएर काठमाडौं हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस रामेछाप नगरपालिका वडा नम्बर ८ वावियाखर्क भन्ने ठाउँमा सडकबाट अन्दाजी करिब ३० मिटर तल खसेको हो । दुर्घटनाबाट घाईते भएका १७ जनाको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । घाईतेलाई उद्धार गरी प्रथमिक स्वास्थ्य केन्द्र मन्थली, रेडक्रस, तामाकोसी सहकारी अस्पताल र जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत तामाकोसी अस्पताल मन्थलीमा ल्याईएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएकोछ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार  ब्रेक फेल भएर दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्