रामेछापको बाबियाखर्क बस दुर्घटनाः मृतकका आफन्तले शव बुझ्न मानेनन



७ असोज, रामेछाप ।
शुक्रवार रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने तीन जनाका आफन्तहरुले क्षतिपूर्ति कम भएको भन्दै शव बुझन अस्वीकार गरेका छन् । दुर्घटनमा परी तीन जनाको निधन भएको थियो भने सत्र वीस जना घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, हिमाल तराई यातायात समितिका पदाधिकारी र ज्यान गुमाएका आफन्तहरुबीच शनिवार दुई चरण वार्ता हुँदा पनि कुरा मिल्न नसकेपछि निधन भएकाहरुको शव सदरमुकाम मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । दुर्घटनामा परी ज्यानु गुमाउने परिवारलाई किरिया खर्च स्वरुप २५ हजार र क्षतिपूर्ति बापत ५ लाख प्राप्त गर्ने प्रावधान रहेको छ । निधन भएका आफन्तहरुले भने बालबालिकाको शिक्षाको लागि थप पचास हजार रुपैयाँको कोष स्थापना गर्न माग गर्दा सहमति जुटन नसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामेछानेले रामेछाप न्युजलाई बताए । उनले भोलीसम्ममा सहमति जुटने पनि जानकारी दिए ।

हिमाल तराइ यातायात समितिका पदाधिकारीले मृतकका परिवारलाइ विमा बाहेक काजक्रिया खर्च २५ हजार उपलव्ध गराउने जनाएको छ । दुर्घटनामा परी रामेछाप नगरपालिका ८ का ५५ वर्षीय दीपक श्रेष्ठ, बझाङ्ग जिल्ला घर भएकी २५ वर्षीया उमा खड्का र रामेछाप–७ कि २६ वर्षीया बालकुमारी बस्नेतको बस दुर्घटनमा परी ज्यान गएको थियो । दुर्घटनमा परी वीस जना घाइते भएका थिए । घाइतेहरु मध्ये दुइ जनाको धुलिखेल अस्पताल र अन्यको सदरमुकाम मन्थलीमा उपचार भइरहेको र केही डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
बस दुर्घटनमा परी घाइते हुनेहरुको सूचि सहित
दुर्घटनामा घाइते हुनेहरुमा काभ्रे जिल्ला रोशी गाउँपालिकाका घर भएका बर्ष ३० का मोहनलाल श्रेष्ठ,रामेछाप नगरपालिका–८ का बर्ष ५२ का धुव्र श्रेष्ठ, रामेछाप नगरपालिका च्यास्कुका बर्ष ३२ का चेत बहादुर मगर,रामेछाप नगरपालिका बावियाखर्कका बर्ष ७४ का कृष्णबहादुर पौडेल, रामेछाप नगरपालिका रामपुरका बर्ष ४८ का काजीलाल मगर, रामेछाप नगरपालिका बर्ष ५४ का लक्ष्मण तामाङ,रामेछाप नगरपालिका बर्ष २० की मेनुका खड्का, सिन्धुली घर भएकी बर्ष २७ की सुशीला थापामगर, सिन्धुली घर भएकी बर्ष १० की लक्ष्मी थापामगर, रामेछाप नगरपालिका–६ बर्ष २२ की सलिना बराईली, रामेछाप नगरपालिका–५ बर्षको ३२ का रिपेश सुनुवार, रामेछाप नगरपालिका बर्ष ५४ का यत बहादुर परियार, रामेछाप नगरपालिका–४ का बर्ष ३१ की यम कुमारी मगर, ठेगाना नखुलेको लालबहादुर परियार, रामेछाप नगरपालिका २० की पञ्चिमाया नेपाली, मृतक बालकुमारी बस्नेतकी सात बर्षको छोरी र पाँच बर्षको छोरा र मृतक उमा खड्काकी पाँच महिनाकी छोरी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्