संविधान कार्यान्वयन गराउन सरकार प्रतिबद्ध



९ असोज, काभ्रे ।
गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउदै उहाँले आगामी निर्वाचनको लागि सरकारले तयारी थालेको बताएका हुन् ।
सोमवार काभ्रेको रोशी गाउँपालिकाद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृह राज्यमन्त्री श्रेष्ठले निर्वाचन सम्पन्न गराएपछि संक्रमणकालको विधिवत रुपमा अन्त्य हुने बताए । अब आर्थिक समृद्धिको युग सुरु हुने बताउदै जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा नीतिगत रुपमा सुधार गरेर नै सरकारले काम थाल्ने उनले बताए ।
संविधान कार्यान्वयन अन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएर स्थानीय तहमा जनप्रतिनिधि पाएको उल्लेख गर्दै लामो संघर्ष र वलिदानबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । निर्वाचन सम्पन्न गराउनु नै सरकारको अहिलेको मुख्य कार्यभार भएको बताउदै निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगले सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्