दशैको मुखैमा डा. गोविन्द केसी किन बसे फेरि अनशन ?



काठमाडौं, असोज ९ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि अनसनमा बसेका छन् ।

चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै डा.केसीले सोमबारबाट अनसन थालेका हुन् । उनको यो १२ औं अनसन हो ।

नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले अनशन सुरु गरेको बताउने डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्