रामेछापमा टाटासुमो दुर्घटना !



१० असोज, रामेछाप ।
रामेछापमा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जना घाइते भएका छ । रामेछापको लिुख गाउँपालिका–७ हलेदेमा टाटासुमो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । र्दुघटनमा परी सात जना सामान्य घाइते भएका छन भने तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सदरमुकाम मन्थलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ खिम्ती बाट सदरमुकाम मन्थली आउँदै गरेको ना १ ज ६०३९ नम्बरको सुमो दुघर्टनामा घाइते भएका मध्य एकको अवस्था गम्भिर रहेको प्रहरी बताएको छ । टाटासुमो भने सडकबाट तामाकोशी नदि किनारमा खसेको थियो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामेछानेका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको रामेछाप न्युजलाई जानकारी दिए । केही दिन अघि रामेछाप नगरपालिकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै वीस जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्