कालोमोसो छर्किए लगत्तै फेरिए रामेछापका स्थानीय विकास अधिकारी



१० असोज, रामेछाप।
रामेछाप जिल्ला स्थानीय विकास अधिकार फेरिएका छन् । नयाँ स्थानीय विकास अधिकारीमा ललितपुरका राजेन्द्र कुमार केसी आएका छन् । स्थानीय विकास अधिकारी केसीलाई मंगलबार सदरमुकाम मन्थलीमा स्वागत गर्दै सरुवा भएका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई बिधाई गरिएको छ ।

२०७२ साल असोज ६ गतेदेखी रामेछाप जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरेका थिए । केही दिन अघि मात्र स्थानीय विकास अधिकारीलाई विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कालोमोसो छर्किएको थियो ।

पन्तलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्का र कर्मचारी मिलन केन्द्रका तर्फबाट प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले मायाको चिनो प्रदान गर्दै विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्