रामेछापबाट यी हुन एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवार



१२ असोज, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसले टिकट लिने दौड सुरु भएको छ । रामेछाप जिल्लामा पनि राजनीतिक दलहरुबीच टिकट लिनको लागि तिब्र प्रतिस्पर्धा देखिएको छ । चियापसलदेखि पार्टीभित्र उम्मेदवार बन्ने होडवाजी देखिएको छ ।
रामेछापमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नेहरुको चर्चा सुरु भएको छ । प्रदेशसभाको २ वटा निर्वाचन क्षेत्र र प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नेहरुको दौडदेखि जिल्लादेखि केन्द्रसम्म देखिएको छ । सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गर्न एमाले रामेछापले आन्तरिक गृहकार्य अगाडि बढाएको छ । जिल्लामा संस्थापन पक्ष र माधव कुमार नेपाल पक्षको बीचमा तीब्र पतिस्पर्धा देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा को–को ?
प्रदेशसभा निर्वाचनको लागि एक दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । रामेछाप क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्रबाट रामेछापका पार्टी अध्यक्ष समेत रहेका शान्ति पौडेलले ने टिकट पाउने बढी सम्भावना रहेको छ । क्षेत्र नम्बर १ बाट एमाले नेता पुरुषत्तम कडेरिया, अर्जुन कार्की लगायतले आकांक्षा देखिका छन् । एमालेका एक नेताले रामेछाप न्युजसँग भने,‘क्षेत्र नम्बर १ मा शान्ति पौडेलले नै टिकट पाउने निश्चित भएको छ, क्षेत्र नम्बर १ मा पौडेलको बारेमा कुनै विवाद छैन, निर्वाचनमा पौडेलले नै टिकट पाउछन ।’

निर्वाचन क्षेत्र नम्बर २ मा को–को ?
निर्वाचनको मिति नजिकदै जादा सम्भावित उम्मेदवारहरुले आफूले टिकट पाउने दावी गर्न थालेका छन् । रामेछाप निर्वाचन क्षेत्र नम्बर २ बाट पाँच जना टिकटको दौडमा रहेका छन् । पार्टी सचिव आन्नद श्रेष्ठ, नेताहरु रत्न गौतम,रामकृष्ण लामा, ज्ञानकुमार श्रेष्ठ र होम बुढाथोकी टिकटको दौडमा रहेका छन् । पार्टी सचिवले स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको मेयरको टिकट निश्चित भए पनि अन्तिम अवस्थामा आएर नेता रमेश बस्नेतलाई दिइएको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा चार जनाको प्रतिस्पर्धा
विगतमा दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा परिवर्तित व्यवस्था अनुसार एउटा मात्र प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र भएको छ । प्रतिनिधिसभा निर्वाचनमा टिकट लिनको लागि एमाले रामेछापका इन्चार्ज समेत रहेका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य देवशकंर पौडेल, नेता माधव ढुङगेल, कैलाश ढुङगेल र सांसद कमला सुवेदी मैदानमा उत्रिएका छन् । पौडेल यस अघि रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

माधव ढुङगेल पार्टीको केन्द्रीय सदस्यको साथै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष रहेका छन् । कैलाश ढुङगेले दुई पटक भएको संविधानसभा निर्वाचनमा पराजित भएका थिए भने कमला सुवेदी रामेछापबाट समानुपातिक सांसद रहेकी छिन् । प्रतिनिधिसभा निर्वाचनको टिकट देवशकंर पौडेल र माधव ढुङगेले मध्ये एक जनाले लिने निश्चित रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्