रामेछापमा करेन्ट लागेर २५ जना घाइते तीनको अवस्था गम्भीर



१५ असोज, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लाग्दा २५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्थाको अवस्था गम्भीर रहेको छ । आज बिहान आठ बजे हाइभोल्टेजको करेन्ट आउदा दोरम्बा गाउँपालिका–६ लखनपुरमा तीन जना गम्भीर घाइते भएका हुन् ।

घाइते मध्ये २ जनाको गम्भीर रहेको र एक जना बोल्न सक्ने अवस्थामा रहेको दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अनुप गजुरेलले रामेछाप न्जुजलाई बताए ।
उनका अनुसार घाइते हुनेहरुमा ७२ बर्षको टिकामाया गौतम, उनको छोरा लालबहादुर गौतम (वलराम) र ज्ञानबहादुर बस्नेत घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि गृह मन्त्रालयको पहलमा काठमाडौंको ग्राण्डि अस्पताल लगिएको बताउदै वडा अध्यक्ष गजुरेलले मेन लाइनको तारले सहायक लाइनको तारलाई छुदा करेन्ट लागेको बताए ।

एक बर्षको अवधिमा रामेछापमा ६ जना भन्दा बढीको करेन्ट लागेर ज्यान गएको छ । बेला बेलामा हाइभोल्टेज आउदा रामेछापका विभिन्न स्थानमा करेन्ट लागेर ज्यान गुमाउनेहरुको संख्या बढेकोप्रति रामेछापवासी चिन्तित भएका छन् । रामेछापवासीले हाइभोल्टेज आउने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्