रामेछापको लखनपुरमा करेन्ट लागेको घटना छानबिन हुन्छःकुलमान घिसिङ



१५ असोज, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर २ जनाको निधन भएको घटनाको छानबिन हुने बताएका छन् । घिसिङले रामेछाप न्युजसँग भने,‘अपवादको रुपमा यस्ता घटना घटने गरेका छन, लखनपुरमा के कारणले हाइभोल्टेज आएको हो, सत्य तथ्य छानबिन गर्न मैले प्राविधिकहरुलाई निर्देशन दिएको छु ।’
उनले ४ सय भोल्टेज आउनु पर्ने विद्युत एकै पटक ११ केभीको आउदा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउदै आगामी दिनमा यस्त घटनाहरुलाई नियन्त्रण गर्न प्राविधिक लाग्ने बताए । लामो दुरीमा लाइन हुँदा बेलाबेलामा समस्या आउने गरेको छ, समस्या आउन नदिनको लागि छोटो दुरीमा स्वस्टेसन राख्ने कार्य अगाडि बढाइएको घिसिङले बताए । लखनपुर घिसिङको गृह जिल्ला समेत हो ।

प्रतिक्रिया दिनुहोस्