लखनपुरमा करेन्ट लागेर दस जना घाइते (सूचीसहित)



१५ असोज, रामेछाप ।
रामेछाप जिल्लाको लखनपुरमा करेन्ट लागेर दस जना घाइते भएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले करेन्ट लागेको मध्ये नौ जनाको स्थानीय स्वास्थ्य चौकी र एक जनाको काठमाडौंमा उपचार भइरहेको बताए । प्रजिअ लामेछानेले रामेछाप न्युजसँग भने,‘घटनाको बारेमा छानबिन गर्ने निर्देशन दिइसकिएको छ, मृतक र घाइतेहरुको विवरण गृह मन्त्रालयमा पठाइएको छ ।’
यी हुन करेन्ट लागेर घाइते भएकाहरुः
१.सरिता गौतम
२.देवमाया चौलागाई
३.कौशिला कार्की
४.आशिका कार्की
५.दिपेन्द्र चौलागाई
६.नरबहादुर कार्की
७.डम्बर गौतम
८ सजन कार्की
९.नरबहादुर गौतम
१०.नरबहादुर बस्नेत

 

प्रतिक्रिया दिनुहोस्