रोशी खोलामा दादागिरी हटयो, रामेछापवासी दंग



१५ असोज, रामेछाप ।
काभ्रे र सिन्धुलीको सीमाना हुँदै रोशी खोला बहनछ । यही रोशी खोला पार गरेर रामेछापवासी आवतजावत गर्छन । रोशी खोला पार गरेर लुभ माथिकोका पुलसम्म काठमाडौं सिधै गाडी आवतजावत पनि गर्छ । लुभको झोलुङ्गे पुलबाट मोटरसाइकल भने सहज रुपमा आवतजावत गर्ने गरेका छन् ।
केही बर्ष अघिदेखिको दशैमा रामेछापवासीले निकै सास्ती र झन्झट बेर्होदै आएका थिए । तर यस बर्षबाट पनि त्यो हैरानी हटेको छ । साबिकको मेच्छे गाविसको तित्रेटारका केही युवाहरुले दशैको बेलामा रोशी खोलमा स्काइभेटर लगाएर खाल्डो पार्ने र सवारी साधन आवत जावत गर्न नदिने गरेका थिए । ती युवाहरुले राफ्टिङबाट मोटरसाइकल र सर्वसाधारणलाई तारेर मोटो रकम असुल्दै आएको थिए ।


तर यस बर्ष रोशी खोलमा स्थानीयको पहलमा फलामको अस्थायी पुल हालिदिएपछि मोटरसाइकल आवतजावत गर्न र सर्वसाधरणहरुलाई आवतजावत गर्न समेत सहज भएको छ । अघिल्लो बर्ष तित्रेटारका केही युवाहरुको समुहले एउटा मोटरसाइकल तारेको पन्ध्र सय रुपैयाँ समेत लिने गर्दा पनि प्रशासन मौन बसेको थियो ।
रामेछापवासीले जनताले ठूलो सास्ती र दिनडाहडै गठिदा पनि प्रशासनले ध्यान नदिएको भन्दै विरोध गरेपछि यस बर्ष दशै सुरु हुनु अघि नै अस्थायी पुल निर्माण भएपछि रामेछापवासी दंग परेका छन् । सुनकोसीमा निर्माणाधिन पक्की पुल निर्माणमा ढिलाई हुँदा बर्षको समयमा रामेछापवासीले हैरानी खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्