राजनीतिमा युवा नेतृत्व आउनु पर्छः घिसिङ



१५ असोज, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य टलकलाल घिसिङ ‘टलक’ले राजनीतिमा युवा पुस्ताले जिम्मेवारी सम्हाल्नु पर्ने बताएका छन् । उनले राजनीतिमा अग्रजहरुले खेलेको भूमिका सकारात्मक रहेको बताउदै परिवर्तित समय अनुसार अबको राजनीतिकको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने बताएका हुन् ।


रामेछापको सुनापति गाउँपालिका–४ बेथानको डहुमा दशैको अवसरमा योञ्जन युवा समाजद्धारा आयोजित भलिवल प्रतियोगता कार्यक्रममा विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै नेता घिसिङले समाज परिवर्तनमा युवाहरुको भूमिका नै महत्वपूर्ण हुने बताए ।

भलिवल प्रतियोगीतमा माउन्ट एभरेष्ट प्रथम, योञ्जन युवा समाज दोस्रो र गर्कोट युवा समाज तेस्रो भएका थिए । विजयी प्रतियोगीहरुले १५, १० र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र सिल्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्