रामेछापको हलेदेमा कार दुर्घटना



१६ असोज, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–२ हलेदेमा कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी एकै परिवारका सात जना घाइते भएका छन् । राजधानी काठमाडौंबाट मन्थली हुँदै दोलखा जाने क्रममा हलेदेमा ना ४ च ३०७ नम्बरका कार दुर्घटना भएको हो ।
मोडमा स्टिरिङ काटने क्रममा जाम भएपछि कार खेतमा खसेर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर घाइतेहरुलाई उपचारको लागि तामाकोशी अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–९ का ३५ बर्षिय रामप्रसाद रेग्मी, १३ बर्षिय आयुष रेग्मी, ३५ बर्षकी लक्ष्मी रेग्मी, १५ बर्षकी रोजिना रेग्मी, ६५ बर्षकी सिता रेग्मी, ७७ बर्षिय गोकर्ण रेग्मी र २८ बर्षिय मिन कुमार रेग्मी रहेका छन् । तामाकोसी अस्पतालका अनुसार घाइते भएका सात जनाकै अवस्था सामान्य रहेको र उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्