रामेछापमा बन्ने सबै जलविद्युत आयोजनामा रामेछापवासीलाई शेयरःगृह राज्यमन्त्री श्रेष्ठ



१७ असोज, रामेछाप ।
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लामा निर्माण हुने सबै जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले शेयर पाउने बताएका छन् । उनले रामेछापमा निर्माण हुन लागेकोे खिम्ती–२, लिखु खोलमा सञ्चालन हुने जलविद्युत आयोजना लगायतमा रामेछापवासीले शेयर हाल्न पाउने बताएका हुन् ।

गृह राज्यमन्त्री श्रेष्ठले रामेछाप जिल्लालाई उज्यालो बनाउने अभियान सुरु भएको बताउदै अब रामेछापका जनताले अध्यारोमा बस्न नपर्ने बताए । रामेछापको विकासको चार आधार जलविद्युत, कृषि पर्यटन र जडिबुटी भएको बताउदै उनले भने,‘विकासका आधार तयार भएका छन, अब योजनाबद्ध रुपमा विकासका काम अगाडि बढछ ।’ सरकारले प्राथमिकता निर्धारण गरेर मात्र अब लगानी गर्ने बताउदै ऐतिहासिक दोरम्बालाई युद्ध पर्यटनको रुपमा विकास गर्ने लक्ष्य रहेको गृह राज्यमन्त्री श्रेष्ठले बताए ।
सैलुङ्ग खेलकुद विकास समिति दोरम्बाले मंगलवार रामेछापको दोरम्बामा आयोजना गरेको जिल्लास्तरीय भलिवल प्रतियोगीतको उदघाटन गर्दै उनले रामेछापको सैलुङ र गुम्देल वाम्तीदेखि लाछ्योर हिमालसम्मको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए ।

‘सुनापति र दोरम्बा गाउँपालिकामा चिया खेतीको सञ्चालन गर्न प्राविधिक अध्ययन भइसकेको छ, अब पर्यटनसँग जोडेर उद्योगको रुपमा नै चियाखेतीको कार्यक्रम अगाडि बढछ ।’

अहिलेको परिवर्तनको लागि दोरम्बाले ठूलो त्याग र वदलिदानी गरेको उल्लेख गर्दै शहीदले देखाएको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए । उनले केही दिन अघि दोरम्बा गाउँपालिका–६ लखनपुरमा हाइभोल्टेज करेन्टको कारण २ जनाको निधन हुनु दुखत भएको बताउदै यस्ता घटना दोहोरिन नदिन सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
h6AVSNo2EnGcp, xMubKcFK7aqi1xn, 7SPd, JKUJBNV, VoV1RYWGo5f, KndKNB, SWscB, YOB0nheerO1r