संघ र प्रदेशसभा निर्वाचनको लागि रामेछाप कांग्रेसद्धार ६९ जना उम्मेदवारको नाम सिफारिस (सूचीसहित)



१८ असोज, रामेछाप ।
आगामी मंसिर १० गते हुने संघ र प्रदेशसभा निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले ६९ जना उम्मेदवार सिफारिस गरेको छ । रामेछापको दुई वटा प्रदेशसभा र एउटा संघको निर्वाचनमा उम्मेदवार हुनको लािग कांग्रेसको जिल्ला भेलाले ६९ जना उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको हो ।

केन्द्रले समानुपातिक र समावेशी सहित एउटा निर्वाचन क्षेत्रबाट तीन÷तीन जना उम्मेदवार सिफारिस गरेर पठाउन पत्राचार गरेपनि पार्टीभित्रको आन्तरिक विवादको कारण कांग्रेसले ठूलो संख्यामा उम्मेदवार सिफारिस गरेर पठाएको छ । पार्टीभित्र तीन÷तीन जना उम्मेदवार सिफारिस गर्न कठिन भएपनि भेलाले इच्छुक व्यक्तिहरुलाई निवेदन मागेको थियो ।

सोही निवदेनको आधारमा वर्णाणुक्रम अनुसार केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएको छ । संघको निर्वाचनको प्रत्यक्ष तर्फ ६ जना सिफारिस भएका छन् । आङटवा शेर्पा, किशोर कुमार सुनुवार, पूर्णबहादुर तामाङ, भतरप्रसाद चौलागाई, रामचन्द्र खडका र शिवबहादुर खड्का रहेका छन् ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ बाट केदार विक्रम खड्का, गजेन्द्रबहादुर कार्की,बद्री प्रसाद घिमिरे, महेश कुमार कार्की,युवराज भट्टराई, रत्न कार्की,लवश्री न्यौपाने, लेखबहादुर कार्की र सुमन कर्माचार्य रहेका छन् ।

प्रदेसभा क्षेत्र नम्बर २ बाट क्ेशव प्रसाद चालिसे, गौतम कुमार लामा जितबहादुर मगर, ध्रवकुमार लामा, विनोद कार्की,भुवन कुमार खड्का, शरद कुमार तामाङ, राज तारानारायण श्रेष्ठ, हिमालदास श्रेष्ठ र ज्ञानेन्द्रराज आरान रहेका छन् । कांग्रेसले समानुपातिक तर्फ पनि उम्मेदवार सिफारिस गरेको छ ।

संघीय तर्फको प्रत्यक्ष तर्फैका नामावली
आङटावा शेर्पा
किशोर कुमार सुनुवार
पूर्णबहादुर तामाङ (कान्छाराम)
भरत प्रसाद चौलागाई
रामचन्द्र खड्का
शिवबहादुर खड्का

संघीय समानुपातिक तर्फको नामावली
इन्द्रवती मोक्तान
गेल्जे शेर्पा
ताराराम श्रेष्ठ
नारायण बहादुर खड्का
मिना कुमारी कार्की
मेष बहादुर खत्री
लक्ष्मण प्रसाद घिमिरे
सुरेन्द्र कुमार घिसिङ
सर्मिला खड्का
शिवकुमार श्रेष्ठ
श्याम काजी श्रेष्ठ

प्रदेशसभाका प्रत्यक्षतर्फका नामावली क्षेत्र नम्बर १
केदार विक्रम खड्का
गजेन्द्रबहादुर कार्की
बद्री प्रसाद घिमिरे
महेश कुमार कार्की
युवराज भट्टराई
रत्न कार्की
लवश्री न्यौपाने
लेखबहादुर कार्कि
सुमन कर्माचार्य

प्रदेश सभाका समानुपातिक तर्फको नामावली क्षेत्र नम्बर १
एन्जिला न्यौपाने
कल्पना खड्का
जमुना कार्की
झपडराज भण्डारी
रामकुमार खड्का
रामकृष्ण खड्का
लिलाबहादुर सुनुवार

प्रदेशसभा प्रत्यक्षतर्फको नामावली क्षेत्र नम्बर २
केशव प्रसाद चालिसे
गौतम कुमार लामा
जितबहादुर मगर
ध्रवकुमार लामा
विनोद कार्की
भुवन कुमार खड्का
शरद कुमार तामाङ
राज तारानारायण श्रेष्ठ
हिमालदास श्रेष्ठ
ज्ञानेन्द्रराज आसान

प्रदेश सभा समानुपातिक तर्फको नामावली क्षेत्र नम्बर २
अर्जुन कुमार केसी
उत्तमश्री मोक्तान
कुमार श्रेष्ठ
केशव केसी
केशरबहादुर भण्डारी
गंगा अधिकारी
गुन्जबहादुर श्रेष्ठ
डिकबहादुर तामाङ
धुव्रहरि ढुङगेल
प्रेमबहादुर तामाङ
वल बहादुर दमाई
देवराज लामा
विनिता खड्का
भक्त बहादुर खड्का
भवुन कुमार श्रेष्ठ
मान बहादुर लामा
मुक्त बहादुर महते
राजेश कुमार श्रेष्ठ
रामकुमारी डाँगी
विष्णु थापा मगर
सकुन्तला त्रिपाटी
निर्मला घिमिरे
सुमित्रा मोक्तान

 

प्रतिक्रिया दिनुहोस्