उम्मेदवार सिफारिस गर्न रामेछापमा एमालेले तोक्यो २ जना संयोजक



१८ असोज, रामेछाप ।
नेकपा एमालेले आगामी संघ र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न दुई जना संयोजक बनाएको छ । २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनेहरुको सूची तयार गरेर सिफारिस गर्न दुई जना संयोजक तोकेको हो ।
एमालेको सचिवालय बेठकले प्रदेशसभा निर्वाचन क्षेत्र न १ क्षेत्रीय समन्वय कमिटीको सयोजकमा पुरुषोत्तम कडेरिया र प्रदेशसभा निर्वाचन क्षेत्र न २ क्षेत्रीय समन्वय कमिटीको सयोजकमा प्रकाश कुमार कार्की लाई जिम्मेवारी दिने निर्णय गरिएको छ । हो ।
समन्वय कमिटीले प्रदेशभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनोट गर्नेछ । जिल्ला कमिटीले भने संघबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु प्रदेश कमिटीलाई सिफारिस गर्नेछ ।
एमालेबाट संघमा देवशकंर पौडेल, कैलाश ढुङगेल, माधव ढुङगेल, कमला सुवेदी, कमल प्रकाश सुनुवार लगायतका नेताहरुको चर्चा रहेको छ । त्यसैगरी प्रदेशसभाको निर्वाचनको लागि प्रदेशसभा क्षेत्र नम्बर १ बाट शान्ति पौडेल, उद्धव कडेरियाको नाम चर्चामा छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा आन्नद श्रेष्ठ, रत्न गौतम, ज्ञानकुमार श्रेष्ठ र होम बुढाथोकीको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्