राकाथुममा आयोजित भलिवल प्रगियोगीताःसाईनिङ स्टारले जित्यो



१९ असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमका आयोजित खुल्ला भलिवल प्रतियोगतीमो उपाधी साइनिङ स्टार युवा मञ्च नेपालले हात पारेको छ । समाज कल्याण मगर सेवा समिति राकाथुमले आयोजना गरेको भलिवल प्रतिगोगीतमा स्टार युवा मञ्च प्रथम भएको हो ।

प्रतिगोगीतमा साइनिङ स्टार युवा मञ्च नेपाल राकाथुम प्रथम, समाज कल्याण मगर सेवा समिति द्धितिय र सिर्जनशिल युवा समाज खाँडादेवी तृतिय भए । प्रथम द्धितिय र तृतिय प्रतियोगीले क्रमशः ३१ हजार, १५ हजार र ७ हजार सहित प्रमाण पत्र र सिल्ड मेडल प्राप्त गरेका थिए ।

प्रतियोगीताको उदघान नेकपा माओवादी कन्द्र रामेछापका सचिवालय सदस्य टंकलाल घिसिङ ‘टलक’ गरेका थिए भने कार्यक्रमको समापन एव विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण खाँडादेवी गाउँपालिका–१ राकाथुमका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र रामेछाप लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष रमेश खड्काले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्