रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा पाँच जनाको दावी



१९ असोज, रामेछाप ।
नेकपा एमालेले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्नको लागि गृहकार्य तिब्र बनाएको छ । चुनाव नजिकदै जादा पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षीहरुको संख्या पनि बढ्दै गएको छ । एमालेले प्रदेशसभाको लागि सम्भावित उम्मेदवार छनोट गर्नको लागि प्रदेशसभा निर्वाचन क्षेत्र १ मा पुरोषत्तम कडेरिया र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाश कुमार कार्कीलाई संयोजक बनाएको छ ।
संयोजकहरुले सर्वसम्मत ढंगबाट प्रदेश कमिटीमा सम्भावित उम्मेदवार छनोट गर्नको लागि आन्तरिक रुपमा छलफल थालेका छन् । दुई वटै निर्वाचन क्षेत्रबाट हुन सक्ने उम्मेदवारहरुले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । केन्द्रको निर्देशन अनुसार महिला सहित एउटा निर्वाचन क्षेत्रबाट तीन÷तीन जना सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गर्नुपर्ने छ ।

तर प्रदेशसभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुने आकांक्षीहरुको संख्या धेरै देखिएको छ । २ नम्बर क्षेत्रबाट रत्न गौतम, ज्ञान कुमार श्रेष्ठ, झम्क कडेल र होम बुढाथोलीले उम्मेदवार हुनुपर्ने दावी गरेका छन् । क्षेत्र नम्बर १ मा भने पार्टी अध्यक्ष शान्ति पौडेललाई नै सर्वसम्मत बनाउने गृहकार्य भइरहेको एक नेताले बताए । ती नेताका अनुसार पार्टीले सकेसम्म सर्वसम्मत बनाउने र यदी नसके पार्टीले केन्द्रको निर्देशन अनुसार महिला सहित तीन जना सम्भावित उम्मेदवर सिफारिस हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्