७० हजार राशीको भलिवल प्रतियोगीता दोरम्बाको माने एकता समाजले जित्यो



२० असोज, रामेछाप ।
खेलकुदको माध्यमबाट समाज विकास गर्ने र युवाहरुलाई खेलप्रति आर्कषण गर्ने दउेश्यले रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगातीको उपाधि माने एकता समाज दोरम्बाले जितेको छ ।
प्रतिगोगीतमा नाटिला युवा समाज गेलु द्धितिय र क्रियाटिब युवा समाज माकादुम तृतिय भए । विजयी प्रतियोगीहरुले क्रमशः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ, प्रमाण पत्र र शिल्ड प्राप्त गरे । विजयी प्रतियोगीहरुलाई दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान र समाजसेवी विजय लामा संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी प्रतिगोगीताको सान्त्वना पुरस्कार राम्चे युवा समाज दिमीपोखरीले १० हजार रुपैयाँ प्राप्त गर्यो ।


पुरस्कार वितरण कार्यक्रममा दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तान खेलकुद क्षेत्रको विकासको लागि मुख्य प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाउने बताए । उनले भने,‘गाउँपालिकाले खेलकुदको विकास गर्न पाँच प्रतिशत बजेट विनियोजन गरेर नै खेलकुद क्षेत्रको विकास गर्ने योजना रहेको छ ।’ भलिवल मात्र नभई गाउँपालिमा अन्य खेलकुदको क्षेत्रमा रहेका प्रतिभाहरुको खोजी गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउनु पर्ने बताए ।


कार्यक्रममा ज्योतिको घर नेपालका अध्यक्ष एवं समाजसेवी विजय लामाले खेलकुदको विकाससँगै युवाहरुले समाज परिवर्तनमा भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले दोरम्बालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न युवाहरु लाग्नु पर्ने बताउदै सरकारले उच्च प्राथमिकता दिएर पूर्वाधार विकासमा लाग्नु पर्ने बताए ।

‘समाज विकासका आधार युवाहरु नै हो’,लामाले भने,‘खेलकुदको साथसाथै समाजलाई समृद्धि बनाउने काममा पनि युवाहरु जुटनु पर्छ ।’ लामाले द्धितिय राशीको पचास हजार रुपैयाँ शारीको पुरस्कार प्रायोजन गरेका थिए । उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा सक्दो सहयो गर्ने प्रतिबद्धता व्यक्त गरे । सैलुङ्ग खेलकुद विकास समितिको आयोजनामा भएको जिल्लास्तरीय पुरुष भलिवन प्रतियोगीताको उदघाटन गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्