प्रतिनिधिसभा निर्वाचनको लागि रामेछाप एमालेद्धारा १३ जना उम्मेदवारको नाम सिफारिस



२० असोज, रामेछाप ।
प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले रामेछापले प्रत्यक्ष र समानुपातिक गरी १३ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ सात जनाको नाम प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको हो ।

सर्वसम्मत बनाउने प्रयास असफल भएपछि बैठकले पार्टी केन्द्रले गरेको पत्राचार भन्दा तेब्बरको संख्यामा उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेसभा निर्वाचनमा पनि उम्मेदवारहरुको बीचमा सहमति जुटन नसकेपछि दुई वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ३४ जना उम्मेदवारहरु सिफारिस गरेको छ ।


प्रतिनिधिसभा निर्वाचनको लागि देवशकंर पौडेल, कैलाश ढुङगेल, माधव ढुङगेल, रत्न कडेल, भगवानसिंह लामा र धु्रव कुमार कार्की प्रत्यक्षतर्फबाट सिफारिस भएका छन् । त्यसैगरी रामकृष्ण लामा, ईश्वरी बस्नेत,शान्ता सापकोटा,आङबाबु लामा,कमल प्रकाश सुनुवार,हरि बहादुर योञ्जन र वलबहादुर माझी समानुपातिकतर्फबाट सिफारिस भएको एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले रामेछाप न्युजलाई बताए ।
उनले भने,‘सकेसम्म सर्वसम्मत ढंगबाट उम्मेदवार छनोट गर्न प्रयास गरिएको हो, सहमति जुटन नसक्दा र उम्मेदवार बन्ने आकांक्षीको संख्या ठूलो रहेकाले सोही अनुसार सिफारिस भएको छ ।’

प्रतिक्रिया दिनुहोस्