प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापमा ९० मतदानस्थल, १ सय ९० केन्द्र (सूचीसहित)



२१ असोज, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने भएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा १ सय ९० मतदान केन्द्र हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापबाट १ लाख ५२ हजार ५ सय ६१ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।


स्थानीय तहको निर्वाचनमा यस अघि १ लाख ३४ हजार ६ सय २० मतदाता रहेका थिए । निर्वाचन आयोगले पछिल्लो चरणमा संकलन गरेको नयाँ तथ्याङक अनुसार १७ हजार ९ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यले रामेछाप न्युजलाई बताए ।


रामेछाप जिल्लामा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा यस अघि १ सय ७० वटा मतदान केन्द्र रहेकाले मतदाताको संख्या बढे अनुसार मतदान केन्द्र पनि थपिने अनुमान निर्वाचन कार्यालय रामेछापले गरेको छ । एक हजार भन्दा बढी जनसंख्या बराबर एक वटा मतदान केन्द्र हुने मापदण्ड रहेको छ ।

हेर्नुहोस कहाँ–कहाँ पर्यो मतदानस्थल ?

प्रतिक्रिया दिनुहोस्