वागेश्वरी साना किसान कृषि सहकारी संस्थाले १२ प्रतिशत लाभांश दिने



२१ असोज, रामेछाप ।
श्री वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खाँडादेवी–१ राकाथुमको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्धघाटन राकाथुम वडाका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले गरेका थिए । सभामा संस्थाका अध्यक्ष रुद्र बहादुर श्रेष्ठले संचालक समितिको तर्फबाट प्रतिवेदन पेश गरेका थिए ।

शेयर सदस्यलाई गत आर्थिक वर्षको कमाईबाट १२.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिले गरेको लाभांश प्रस्तावलाई संस्थाको साधारण सभाले पारित गरेको हो ।


संस्थाले गत आर्थिक वर्षसम्म ६० लाख ५८ हजार बचत संकलन र १ करोड २८ लाख १७ हजार कर्जा लगानीबाट ९ लाख ४५ हजार नाफा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । संस्थाले आफ्ना सदस्यका गरिबी, विपन्न तथा जेहेनदारबाट उत्कृष्ट ५ जना बालबालिकालाई शिक्षामा अभिप्रेरित गर्न छात्रबृत्तीको व्यवस्था गरिएको थियो ।

संस्थाले वित्तीय सेवाका साथै कृषि सहकारी र कृषक समुहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार ब्यवस्थापनका लागि काम गर्ने र सहकारी मार्फत कृषि सम्वन्धी तालिमको ब्यवस्था गरिने संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्