नेपालका अनन्तराम केसीले ८० घण्टा भाषण गरेरे राखे कीर्तिमान



२२ असोज, काठमाडौं ।

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरेरे विश्व कीर्तिमान बनाएका छन् ।मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेर विश्वकीर्तिमान कायम गरेका हुन् ।


८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ ।यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेको तथ्याङक रहेको छ । केसीले विभिन्न ७५ शीर्षकमा भाषण दिएका थिए ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा गरिएको थियो । उनले ८४ घण्टा भाषण गर्ने योजना भएपनि आज दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गरेर कीर्तिमान कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्